चिकित्सा शिक्षा आयोगले आरक्षणकाे सूचीबाट हटायाे १० विद्यार्थीको नाम
काठमाडौं, भदौ १४ : चिकित्सा शिक्षा आयोगले १० विद्यार्थीको नाम आरक्षणतर्फको योग्यताक्रम सूचीबाट हटाएको छ।आयोग कार्यसमितिको आइतबार बसेको बैठकले गलत कागजात पेस गरेको...
काठमाडौं, भदौ १४ : चिकित्सा शिक्षा आयोगले १० विद्यार्थीको नाम आरक्षणतर्फको योग्यताक्रम सूचीबाट हटाएको छ।
आयोग कार्यसमितिको आइतबार बसेको बैठकले गलत कागजात पेस गरेको ठहर गर्दै उनीहरूका नाम आरक्षणतर्फको योग्यताक्रम सूचीबाट हटाएको हो।
चिकित्सा शिक्षातर्फ स्नातक तहका लागि साउन ९ देखि १३ सम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गरिएको थियो। सोही परीक्षाको नतिजाको योग्यता क्रममा रहेका विद्यार्थीलाई आरक्षण समूहबाट हटाएको आयोगद्वारा जारी सूचनामा उल्लेख छ।
ती १० विद्यार्थीले कक्षा ६ देखि १० सम्म सार्वजनिक विद्यालयमा अध्ययन गरेको प्रमाण पेस गरे पनि छानबिनबाट पुष्टि हुन नसकेको आयोगले जनाएको छ। त्यसकारण उनीहरूलाई छात्रवृत्ति प्रदान नगरिने आयोगको भनाइ छ।
आयोगले एमबिबिएसतर्फ अमनकुमार चौधरी (आदिवासी जनजाती र थारु), वीरेन्द्र धिताल, गगन प्याकुरेल र सूर्यकिरण जोशीलाई (खस आर्य र पिछडिएको क्षेत्र) को समूहबाट हटाएको छ।
आरक्षणबाट हटाइनेमा लकसन शाही (पिछडिएको क्षेत्र), सुजन घिमिरे (पिछडिएको क्षेत्र), स्वस्तिका सुन्दास (महिला, दलित महिला र दलित), स्मारिका श्रेष्ठ (महिला र आदिवासी जनजाति) पनि छन्।
त्यसैगरी बिडिएसतर्फका सूर्य किरण जोशीलाई खस आर्य र पिछडिएको क्षेत्रबाट र स्मारिका श्रेष्ठलाई महिला र आदिवासी जानजातिको समूहमा छात्रवृत्ति प्रदान गर्न नसकिने आयोजले जनाएको छ।





-1716033857.jpg)




-1716033857.jpg)

