वामपन्थी नेता प्रदीप नेपाल भन्छन् : माधव नेपालबाट धोका उपहार
वामपन्थी नेता प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादीका) माधव नेपालबाट धोका उपहार दिएकाे बताएका छन्। उनले जनताको बहुदलीय जनवाद (जबज) कारणमाधवकुमार नेपालको साथ छाडेका...
वामपन्थी नेता प्रदीप नेपालले नेकपा (एकीकृत समाजवादीका) माधव नेपालबाट धोका उपहार दिएकाे बताएका छन्। उनले जनताको बहुदलीय जनवाद (जबज) कारणमाधवकुमार नेपालको साथ छाडेका स्पष्ट पारेका छन्।
उनले आज (सोमबार) सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले आफूलाई धोका दिएकाले साथ छाडेको उल्लेख गरेका छन्। आफू केपी ओलीतिर पनि नलागेको उनले बताएका छन्।
‘माधव कमरेड, म केपीसँग जान्नँ । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ। तपाईंले पनि झेली कुरा गर्न सिक्नुभएछ,’ उनले फेसबुकमा लेखेका छन्, बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ। तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो। बिदा।’
एमाले विभाजन भएर नयाँ दल दर्ता गर्नेबेला एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रदीप नेपालको नामसमेत समेटेर निर्वाचन आयोगमा निवेदेन दर्ता गराएका थिए। नेता नेपालले त्यसप्रति आपत्ति जनाएका थिए।
तर भदौ ९ गते दल दर्ताका लागि सनाखत गर्ने बेला उनी आयोग पुुगेका थिए। एकीकृत समाजवादी दर्ताका लागि उनले हस्ताक्षर पनि गरे।
अध्यक्ष नेपालले जबजलाई समेट्ने विश्वास दिलाएपछि नेता नेपालले एकीकृत समाजवादीलाई साथ दिएको प्रतिक्रिया दिएका थिए।




-1716033857.jpg)




-1716033857.jpg)

