Kathmandu Press

रकेट आक्रमणबाट काबुलमा चार बालबालिकासहित छ जनाको मृत्यु

काबुल, भदौ १४ : अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ।तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन...
रकेट आक्रमणबाट काबुलमा चार बालबालिकासहित छ जनाको मृत्यु

काबुल, भदौ १४ : अफगानिस्तानको राजधानी काबुलमा भएको एक रकेट आक्रमणमा परी चार बालबालिकासहित छ जनाको ज्यान गएको छ।

तालिबानीहरुले सत्ता कब्जा गरेपछि केही दिन हिंसात्मक घटना भएको अफगानिस्तानमा फेरि हिंसाका घटना हुन थालेका छन्।
 
आइतबार काबुल विमानस्थलमा प्रहार गरिएको भनिएको रकेट बस्तीमा परेको र बस्तीको एक घरमा रहेका एकैपरिवारका ती व्यक्तिहरुको ज्यान गएको छ।

काबुल विमानस्थलमा अमेरिकी, बेलायती र अरु केही विदेशी विमानले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेका छन्।

विमानस्थललाई नै लक्षित गरेर सो रकेट आक्रमण गरिएकामा सो रकेट बस्तीतर्फ पर्न गरेको बताइएको छ। पछिल्ला केही दिनमा काबुल विमानस्थलमा विस्फोट हुने गरेको छ।

हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिम भागतर्फ स्थानीय समयानुसार ४ः५५ सो रकेट प्रहार भएको थियो। एक अमेरिकी ड्रोन शहरमा उडिरहेको देखा परेपछि उक्त हमला भएको प्रत्यक्षदर्शीहरु बताएका छन्। 

गत बिहीबार पनि विमानस्थलका पूर्वी गेटमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा १७० अफगान नागरिक र १३ अमेरिकी सैनिक मारिनुका साथै करिब २०० जना घाइते भएका थिए। उडानको पर्खाइमा रहेका ठूलो भीडबीचमा सो आक्रमण भएको थियो।     

अफगानिस्तानमा यही अगस्त १५ तारिखका दिन तालिबान विद्रोहीहरूले केन्द्रीय राजधानी काबुल कब्जा गरेपछि हजारौँ मानिसले अफगानिस्तान छाड्नेक्रम जारी रहेको छ। इस्लामिक स्टेट्स (आइएस( ले जिम्मेवारी लिएको यस आक्रमणमा परी मारिएकाहरु अधिकांश महिला र बालबालिका रहेका छन्। 
 

प्रकाशित मिति: १५:०२ बजे, सोमबार, भदौ १४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्