Kathmandu Press

ब्रेक फेल हुँदा धादिङमा मिनी ट्रक दुर्घटना, ३५ जना घाइते

काठमाडौं, भदौ १४ : धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। तीमध्ये १६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।तीमध्ये पनि...
ब्रेक फेल हुँदा धादिङमा मिनी ट्रक दुर्घटना, ३५ जना घाइते

काठमाडौं, भदौ १४ : धादिङमा मिनी ट्रक दुर्घटना हुँदा ३५ जना घाइते भएका छन्। तीमध्ये १६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

तीमध्ये पनि चारजनालाई उपचारका लागि हेलिकप्टरबाट र थप १२ जनालाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको गाउँपालिकाले जनाएको छ।

धादिङको ज्वालामुखी गाउँपालिका-५ बाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको बा३ख ५६२३ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको उक्त गाउँपालिकाकाले जनाएको छ। 

आज (सोमबार) बिहान साढे ९ बजेतिर ब्रेक फेल भएर अनियन्त्रित मिनी ट्रकले रोकिराखेको बा३ख ५७४४ नम्बरको टिपरमा ठाक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएकाे छ।
 

प्रकाशित मिति: १४:१४ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्