Kathmandu Press

नेकपा मालेसहित ९ साना दलले गरे आन्दोलनको घोषणा

काठमाडौं, साउन ४ : मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दबाब दिन नेकपा मालेसहित विभिन्न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा ....

नेकपा मालेसहित ९ साना दलले गरे आन्दोलनको घोषणा

काठमाडौं, साउन ४ : मुलुकको धर्म र संस्कृतिको संरक्षण गर्न सरकारलाई दबाब दिन नेकपा मालेसहित विभिन्न साना राजनीतिक दलहरुले संयुक्त आन्दोलनको घोषणा गरेका छन्। 

बाम–प्रजातान्त्रिक दुवै धारको राजनीति गर्दै आएका साना राजनीतिक दलहरुले मुलुकको धर्म र संस्कृतिमाथि बाह्य दबाब रोक्न सरकारसँग माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरेका हुन्। 

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकमा नेपालीको पहिचान मेटिने गरी हुन थालेको बाह्य हस्तक्षेपलाई रोक्न संयुक्त राष्ट्रिय आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको नेकपा (माले) का महासचिव सिपी मैनालीले जानकारी दिए। 

‘संयुक्त राष्ट्रिय आन्दोलन’ नाम दिइएको सो समूहमा मैनाली नेतृत्वको नेकपा माले, हरिबोल भट्टराई नेतृत्वको नेपाली कांग्रेस (विपी), देवीप्रसाद ओझा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक मञ्चलगायतका ९ वटा राजनीतिक दलहरु आवद्ध छन्। देशलाई आन्तरिक तथा बाह्य हस्तक्षेप हुन नदिन सरकारलाई दबाब दिन पनि आफूहरुले संयुक्त आन्दोलन सुरु गरेको पनि मैनालीको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेस (वीपी)का उपसभापति झलक वाग्लेले संघीयताको नाममा मुलुकको पहिचान मेटाउने खालका सबै गतिविधि बन्द गराउन सरकारलाई दबाब दिन आफूहरु संयुक्त आन्दोलनमा होमिएको बताए। उनले नागरिकता जथाभावी वितरण गरिएकाले त्यसको छानविनका लागि न्यायिक आयोग तत्काल गठन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।

सो समूहले बाढी, पहिरो र डुबानबाट पीडितलाई राहत तथा उद्दार गर्न सरकार गम्भिर नभएको भन्दै आक्रोश पनि व्यक्त गरेको छ। 
 

प्रकाशित मिति: १५:१८ बजे, शनिबार, साउन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्