कार्यकर्ता भेलामा गगनले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौं, भदौ १४ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा कांग्रेस नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन्।उनले कांग्रेस कार्यकर्तामाझ आगामी मंसिरमा हुने...
काठमाडौं, भदौ १४ : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा कांग्रेस नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन्।
काठमाडौं महानगरपालिका-३० ले आज (सोमबार) आयोजना गरेको कांग्रेस कार्यकर्ता भेलामा नेता थापाले उम्मेदवारीको घोषणा गरेका हुन्। थापा सोही वडाका बासिन्दा हुन्।
१३औं महाधिवेशनमा महामन्त्रीमै उम्मेदवारी दिएर पराजित भएका थापाले यसपालि सफलता पाउने विश्वास पनि व्यक्त गरे। सम्भव भएसम्म सो पदमा आफू सर्वसम्मत गराउने प्रयत्नमा लाग्ने उनको भनाइ थियो।
'मेरा लागि यो भन्दा पवित्र ठाउँ अरु हुँदैन। आज म मेरो वडा जसले मलाई राजनीति सिकायो। आधार र ठूलो भरोसा दियो। मेरो वडा र अग्रजहरुका बीचमा बडो गौरवका साथमा १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी घोषणा गर्छु।’
आगामी मंसिर ९ देखि १३ सम्म कांग्रेसको १४औं महाधिवेशन हुँदैछ।
प्रकाशित मिति: १३:३३ बजे, सोमबार, भदौ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1716033857.jpg)




-1716033857.jpg)

