Kathmandu Press

१० बुँदे कार्यान्वयनका लागि एमालेद्वारा आन्तरिक सर्कुलर (अपानीसहित)

काठमाडौं, भदौ १४ : आन्तरिक विवाद समाधानका पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयलाई समेत समेटेर एमालेले अन्तर पार्टी निर्देशन...
१० बुँदे कार्यान्वयनका लागि एमालेद्वारा आन्तरिक सर्कुलर (अपानीसहित)

काठमाडौं, भदौ १४ : आन्तरिक विवाद समाधानका पार्टी एकताका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयन गर्ने विषयलाई समेत समेटेर एमालेले अन्तर पार्टी निर्देशन (अपानी)-१२ जारी गरेको छ।

ललितपुरको च्यासलस्थित तुलसीलाल समृति प्रतिष्ठानमा यही भदौ ८ गतेको स्थायी कमिटी र १० गतेको केन्द्रीय कमिटी बैठकको निर्णयबमोमिम नेकपामा विद्यमान विवादको समाधानसम्बन्धी प्रस्ताव कार्यान्वयन, पार्टी सदस्यता नवीकरण, पार्टीको राष्ट्रिय महाधिवेशन, स्थानीय अधिवेशन, निष्कासन तथा अभिलेखबाट नाम हटाउनेलगायत विषय अपानीमा समेटिएका छन्।

एमालेले १० बुँदे सहमतिअनुसार  प्रदेश, जिल्ला र मातहतका कमिटी र जनसंगठनहरुमा २०७५ जेठ २ अघिकै पार्टी संरचनाअनुसार नेताहरुलाई जिम्मेवारी दिने सहमति कार्यान्वयन गर्न प्रदेश १ मा भीम आचार्य, सुवास नेम्बाङ, शेरधन राई, देवराज घिमिरे र टंक आङबुहाङलाई जिम्मेवारी दिएको छ।

प्रदेश २ मा सत्य नारायण मण्डल, रघुवीर महासेठ, प्रभु साह, सुमन प्याकुरेल र ज्वाला कुमारी साहलाई जिम्मेवारी दिइएको छ भने बाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, काशीनाथ अधिकारी र आनन्द पोखरेललाई जिम्मेवारी तोकिएको छ।

एमालेले गण्डकीमा किरण गुरुङ, पृथ्वीसुब्बा गुरुङ, जगत विश्वकर्मा र लीलबहादुर थापा तथा लुम्बिनी प्रदेशमा विष्णु पौडेल, शंकर पोखरेल, टोपबहादुर रायमाझी, दलबहादुर राना र लीला गिरीलाई जिम्मेवारी दिएको छ।

कर्णालीमा युवराज ज्ञवाली, यमलाल कँडेल, गोरख बोगटी र धर्मराज रेग्मीलाई खटाइएको छ भने सुदूरपश्चिम प्रदेशमा भीम रावल, लेखराज भट्ट र कर्णबहादुर थापा तथा जनसंगठनमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझी तोकिएका छन्।

एमालेले अपानिमार्फत नेकपा एमाले विभाजन गरेर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीमा नलाग्न नेताकार्याकर्तालाई अनुरोध गरेको छ।

त्यसैगरी २०७७ चैतदेखि २०७८ चैतसम्म १३ महिनाको नवीकरण शुलक लिएर आगामी असोजसम्म पार्टी सदस्यता नवीकरण गरिसक्न पनि निर्देशन दिइएको छ।  

हेर्नुहोस् अपानी

 

प्रकाशित मिति: १२:५६ बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्