प्युठानका केही स्थानीय तहले भाैतिक उपस्थितिमै खुलाए विद्यालय
ठान, भदौ १४ : प्युठानाका केही स्थानीय तहले स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर विद्यालय सञ्चालन ल्याएका छन्। कोरोना महामारीका कारण पाँच महिनादेखि बन्द रहेको विद्यालय...
ठान, भदौ १४ : प्युठानाका केही स्थानीय तहले स्वास्थ्य मापदण्ड कायम गरेर विद्यालय सञ्चालन ल्याएका छन्। कोरोना महामारीका कारण पाँच महिनादेखि बन्द रहेको विद्यालय सञ्चालनमा ल्याउन थालिएको हो।
नौबहिनी गाउँपालिकाले शिक्षक विद्यार्थीलाई मास्क र सेनिटाइजर अनिवार्य गरेर विद्यालय सञ्चालनमा ल्याएको छ। महामारी छ भन्दै बस्दा विद्यार्थीको शैक्षिक भविष्य अन्योलमा पर्ने भएपछि सावधानी अपनाएर विद्यालय खोलिएको गाउँपालिकाको भनाइ छ।
अनलाइन कक्षा सञ्चालन गर्न असम्भव भएपछि विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ। विद्यार्थी संखया धेरै भएका विद्यालयमा आधाआधा विद्यार्थी दिन बिराएर उपस्थित गराउने गरिएको सो गाउँपालिकाको भनाइ छ।
त्यसैगरी ऐरावती गाउँपालिकाले पनि साउन तेस्रो साताबाट विद्यालय सञ्चालन गरिरहेको छ। कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि विद्यालय सञ्चालन गरिएको उक्त गाउँपालिकाकाले जनाएको छ।
विद्यालयमा सेनिटाइजरको र मास्क अनिवार्य गरिएको जनाइएको छ। विद्यालयलाई आवश्यक पर्ने सुरक्षा सामग्री पठाइसकिएको गाउँपालिकाको भनाइ छ ।




-1716033857.jpg)




-1716033857.jpg)

