Kathmandu Press

दैनिक ६ सय गर्भवती हिड्ने बाटोको यो दुर्दशा

थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा दैनिक ६ सय गर्भवती आवतजावत गर्छन्। तर, थापाथली चोकबाट अस्पताल पुग्न भने सकस हुन्छ।
दैनिक ६ सय गर्भवती हिड्ने बाटोको यो दुर्दशा

काठमाडौं भदौं १३ : थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा दैनिक ६ सय गर्भवती आवतजावत गर्छन्। तर, थापाथली चोकबाट अस्पताल पुग्न भने सकस हुन्छ।

स्वयम्भूबाट आएकी २६ वर्षीया उर्मिला तामाङलाई थापाथली पुग्नभन्दा त्यहाँबाट अस्तापल पुग्न गाह्रो भयो। ‘पानीले हिड्न सक्ने अवस्था छैन’ उनले भनिन्।

ट्याक्सीमा आएकी उनले ठूल्ठूला खाल्डाखुुल्डी गाह्रो भएको बताइन्। विस्तारै चलाउन लगाए पनि बाटोको कारण अस्पताल पुग्न मुस्किल भएको उनले सुनाइन। ‘ढिला आइपुुगे धेरै समय कुर्नुपर्छ,’ उनले भनिन्, ‘जति छिटो आए पनि फर्किदा साँझ परिहाल्छ।’ उनको हातमा ४७२ नम्बरको टोकन पर्यो।

Hardik ivf

महाराजगञ्जबाट आएकी २६ वर्षीया शिल्पा थापाले मोटरसाइकलमा आउँदा पनि डर लागेको बताइन्। उनका श्रीमानले मोटरसाइकलमा विस्तारै अस्पताल पुर्‍याएका थिए। ‘सडक खाल्डाखुल्डी भए पनि श्रीमानले विस्तार ध्यानपूर्वक चलाएर ल्याउनु भयो,’ उनले भनिन्, ‘आठ महिना लागिसक्यो, त्यसैले बाटोमा अलिकति उफ्रिदा पनि डर लाग्छ।’

यो सडकको अवस्था देखेर अस्पताल आवतजावत गर्नै डर लाग्ने गरेको उनले बताइन्। सार्वजनिक यातायातमा त झन समस्या हुने गरेको उनले सुनाइन।

३२ वषीय अशोक प्रधान आफ्नी ३१ वषीय श्रीमतीलाई लिएर गैरीगाउँबाट बिहान ८ः३० बजे प्रसुति अस्पताल पुगेको बताउँछन्। उनकी श्रीमतीको पालो ३९३ जनापछि आएको छ। ‘श्रीमतीभित्र कुर्दैछिन् मलाई भीडमा बस्न मन नलागेर गेटमा उभिएको हुँ,’ उनले भने, ‘अस्पतालकै भीडका कारण कोरोना लाग्ला भन्ने डर छ।’

भीडभाड त भयो नै त्यो भन्दा बढी डर अस्पताल पुग्ने बाटोको छ। निजी सवारी साधन हुनेलाई त केही सजिलो हुन्छ, तर सार्वजनिक सवारी साधनमा आउनुपर्नेलाई त भने मुस्किलै हुन्छ। गर्भवति महिलाले महिनामा तीन चार पल्ट आउनुपर्छ। ‘अन्य ठाउँको मात्र होइन, प्रसुती गृह अगाडिको बाटोमा पनि थुप्रै खाल्डाखुल्डी छन्,’ उनले भने, ‘खाल्डाखुल्डी बाटो देखेर नै थापाथली चोकमा झरेर हिड्दै आयौं।’

थापाथली चोकबाट लगभग तीन सय मिटर अगाडि रहेको परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको जाने सडक खाल्डाखुल्डी  र दुर्गन्धित छ। ढल व्यवस्थापन गर्दा निस्किएको फोहोर सडकमा थुप्रिएको छ। ढलमाथि ट्राक्सी पार्किङ गरिन्छ।

प्रसुति अस्पताल जाने सडकमा भएका खाल्डाखुल्डीले गर्भवतीलाई जोखिम हुने स्वास्थ्यकर्मी बताउछन्। ६ महिनाभन्दा माथिका गर्भवतीलाई खाल्डाखुल्डी सडकमा आवतजावत गर्दा जोखिम हुने परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालकी गाइनोकोलोजिस्ट मधु श्रेष्ठ बताउँछिन्। ‘सात महिना पुुगिसकेको गर्भवतीको पेटमा समस्या आउनसक्छ,’ श्रेष्ठ भन्छिन, ‘बच्चाका मांसपेशीमा असर तथा संरचनामा समेत असर पुर्‍याउँछ।’

खाल्डाखुल्डी सडकमा यात्रा गर्दा सुस्केरी हुुने समयभन्दा पहिले बच्चा जन्मिने र जोखिम बढ्ने सम्भावना रहने स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन्। ‘साना सवारी साधनले खाल्डोको प्रवाह नगरी चलाउने हुँदा त्यस्ता सवारीमा यात्रा गर्दा जोखिम बढ्छ,’ डा. रिजालले भने, ‘साना तथा मझौला सवारी साधनमा यात्रा नगरी ठूला बस अथवा निजी सवारी साधनमा सावधानीपूर्वक यात्रा गर्नुपर्छ।’

 

प्रकाशित मिति: ०८:१० बजे, सोमबार, भदौ १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्