महन्थ ठाकुर केपी ओलीको मतियार : अध्यक्ष यादव
काठमाडौं, भदौ १३ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् ।जसपाले आइतबार भैरहवामा आयोजना...
काठमाडौं, भदौ १३ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् ।
जसपाले आइतबार भैरहवामा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाएका हुन् । उनले महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बनेको बताए । केपी ओलीले दुई पटक संसद विघटन गरेर सम्बिधानमाथी ‘कू’ गरेको तर आफूहरूले त्यसलाई असफल बनाइदिएको यादवको भनाइ थियो ।
यस्तै उनले राज्य पुनः संरचना सच्याउन आवश्यक भएको भन्दै राज्य पुनः संरचना गलत हुँदा नागरिकमा भाषाको समस्या भएको उनले बताए । नेपाल बहुराष्ट्रिय राष्ट्र भएको भन्दै यादवले सबै समुदायको पहिचान र अधिकारका लागि राज्य पुनः संरचना आयोगको प्रतिवेदनका आधारमा ११ प्रदेश बनाउनु पर्नेमा जोड दिए ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पूर्ण समानुपातिक संसद हुने शासकीय प्रणाली पार्टीको एजेण्डा रहेको भन्दै यादवले महँगो निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्नुपर्ने बताए । नागरिकता विधेयक परिमार्जन गरि सबै नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने यादवले बताए ।
कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक राईले संगठन व्यापक र सुदृढ बनाउन पार्टीको सम्पूर्ण ध्यान केन्द्रित गरिएको बताए । पार्टी नेता महेन्द्र राय यादवले महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरु केपी शर्मा ओलिको प्रतिगामी कदमको मतियार बनेको र अहिले अलग भएपछि पार्टीमा समस्या नभएको बताए ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
