Kathmandu Press

 ‘महाकवि देवकोटाको घरको भग्‍नावशेष यथास्थानमा राख्नु’ : सर्वोच्च 

काठमाडौं, भदौ १३ : सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरसँग जोडिएका पुरातात्विक महत्वका भग्‍नावेश लगायतका कार्य तत्काल यथास्थानमा राख्न अन्तरिम आदेश जारी गरेको...
 ‘महाकवि देवकोटाको घरको भग्‍नावशेष यथास्थानमा राख्नु’ : सर्वोच्च 

काठमाडौं, भदौ १३ : सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घरसँग जोडिएका पुरातात्विक महत्वका भग्‍नावेश लगायतका कार्य तत्काल यथास्थानमा राख्न अन्तरिम आदेश जारी गरेको छ।

पुरातात्विक महत्वको देवकोटाको घर भत्काउनु गलत भएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हा र बमकुमार श्रेष्ठको इजलासले देवकोटाको घरको पुरातात्विक महत्वको सामानको संरक्षणका लागि समन्वय गर्न पुरातत्व विभागलाई पनि आदेश दिएको हो ।

यसअघि पनि सर्वोच्चले सरकारसँग साउन २७ गते भत्काउन पर्नुको कारण पेस गर्न नेपाल प्रज्ञा प्रतिष्ठान लगायतका निकायका नाममा आदेश जारी गरेको थियो।

प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ। 

प्रकाशित मिति: १९:३७ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्