Kathmandu Press

स्याङ्जाको गल्याङमा पहिरोले एक जनाको मृत्यु, सिद्धार्थ राजमार्ग अवरूद्ध

काठमाडौं, भदौ १३ : अविरल वर्षासँगै आएको वाढी पहिरोमा परी स्याङ्जामा एक जनाको ज्यान गएको छ ।स्याङ्जाको गल्याङ नगरपालिका १ मा पहिरोले स्थानीय...
स्याङ्जाको गल्याङमा पहिरोले एक जनाको मृत्यु, सिद्धार्थ राजमार्ग अवरूद्ध

काठमाडौं, भदौ १३ : अविरल वर्षासँगै आएको वाढी पहिरोमा परी स्याङ्जामा एक जनाको ज्यान गएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका १ मा पहिरोले स्थानीय दिपेन्द्र श्रेष्ठ र लक्ष्मी बस्नेतको बस्नेत होटल पुरिदा एक जनाको मृत्यु भएको हो, भने अन्य तीन जना घाइते भएका छन् ।

बस्नेतको होटल भएको घर पुरिदाँ उक्त होटलमा बसेकी स्याङ्जा वालिङ १४ घर भएकी धनमाया उम्राको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) राजेन्द्र अधिकारीले काठमाडौं प्रेसलाई बताए ।

पहिरोमा परी घाइते भएका घरधनी बस्नेत सहित रुपन्देही घर भएका शिशिर योगी, स्याङ्जा भीरकोट न.पा. ५ का नारायण प्रसाद तिवारीलाई उपचारका लागि पाल्पा पठाईएको छ ।

यस्तै, पहिरोले सिद्धार्थ राजमार्ग समेत अवरूद्ध भएको र पहिरो हटाउने काम जारी रहेपनि आज सडक खुल्ने सम्भावना कम रहेको डिएसपी अधिकारीले जानकारी दिए । 

प्रकाशित मिति: १८:४५ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्