परीक्षा हलमा पसेर लोकसेवाको प्रश्नपत्र च्यात्न खोज्ने चार जना पक्राउ
काठमाडाैं, साउन ४ : लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लिइरहेको परीक्षा विथोल्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडाैं, साउन ४ : लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लिइरहेको परीक्षा विथोल्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार बिहान खोटाङको दिक्तेलमा परीक्षा भइरहेको परीक्षा केन्द्रमा पुगेर विथोल्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नेपाल आदिवासी जनजाति महासंघ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष मिलन चाहार र सविना अछामेको प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले जानकारी दिए।
दिक्तेल बहुमुखी क्याम्पसमा भइरहेको आयोगको परीक्षा विथोल्ने प्रयास गरेकाले उनीहरूलाई पक्राउ गरिएको उपाध्यायले बताए। उनीहरुले परीक्षा केन्द्रमा प्रवेश गरेर हो–हल्ला गर्ने, प्रश्नपत्र र उत्तरपुस्तिका खोस्ने प्रयास गरेका थिए।
संविधानमा व्यवस्था भएको समावेशी र समानुपातिक व्यवस्था विपरीत लोकसेवा आयोगले विज्ञापन खुलाएको विरोधमा आज आह्वान गरिएको १ नम्बर प्रदेश बन्दअन्तर्गत परीक्षा केन्द्रमा पुगेका चार जनालाई प्रहरीले धरपकड गरेको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष हात्तीराम राईले आरोप लगाए।
लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै गत असार १७ गते विज्ञापन निकालेको थियो। विज्ञापन रोक्न परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कर्मचारी भर्ना नरोक्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि लोकसेवाले शुक्रबारदेखि परीक्षा लिन सुरू गरेको हो।
विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति, मुस्लिम, दलित लगायतले विरोध प्रदर्शन गर्दै आएका छन्।






