Kathmandu Press

रात्रिकालीन व्यवसायीले प्रशासनमार्फत सरकारलाई बुझायो चाबी

काठमाडौं, भदौ १३ : रात्रिकालीन मनोरञ्जन व्यवसायीप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै त्यसमा संलग्न व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चाबी बुझाएका छन्।कोरोनाका कारण लामो समयदेखि...
रात्रिकालीन व्यवसायीले प्रशासनमार्फत सरकारलाई बुझायो चाबी

काठमाडौं, भदौ १३ : रात्रिकालीन मनोरञ्जन व्यवसायीप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै त्यसमा संलग्न व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा चाबी बुझाएका छन्।

कोरोनाका कारण लामो समयदेखि रात्रिकालीन व्यवसाय बन्द भएपछि यस क्षेत्रमा आबद्ध कलाकार तथा अन्य मजदुरको रोजगारी सुनिश्चितताका लागि पटकपटक ध्यानाकर्षण गराए पनि सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएके भन्दै दोहोरी साँझ र रात्रिकालीन व्यवसाय सञ्चालन तथा व्यस्वस्थापन समितिले जिल्ला प्शासन कार्यालय काठमाडौंलाई चाबी बुझाएको हो।

यसअघि पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह मन्त्रालय, पर्यटन बोर्ड, सिसिएमीलगायतलाई ज्ञापन पत्रसमेत बुझाएको उनीहरूले बताएका छन्। व्यवसायीहरूले चाबी बुझाएलगत्तै प्रेस विज्ञप्ति पनि जारी गरेका छन्।

‘अघोषित रुपमा अन्य सबैजसो व्यवसाय तथा क्षेत्रहरु हाल चलायमान अवस्थामा छन् तर हाम्रो यस रात्रिकालीन मनोरञ्जन व्यवसायलाई भने अझै पनि सरकाले कुनै चासो देखाएको पाइएन,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले आज हामी बाध्य भएर हाम्रो व्यवसाय तथा यस क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको भविष्यको जिम्मा नै सरकारलाई सुम्पिनको निमित्त व्यवसायको चाबीसहित यहाँ उपस्थित भएका छौं।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सम्पूर्ण व्यवसायको घरभाडा, व्यवसाय कर, बैंकको ऋणको ब्याज तथा व्यवसायिक घाटाको जिम्मालगायत सम्पूर्ण कलाकार, मजदुहरुको रोजगारीको ग्यारेन्टीसहित व्यवसायको चावी बुझिलिन हार्दिक अनुरोध गर्दछौं।’

प्रकाशित मिति: १७:३१ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्