Kathmandu Press

काठमाडौं उपत्यकामा ४७८ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, भदाै १३ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ४७८ संक्रमित थपिएका छन्।काठमाडौंमा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ संक्रमित थपिएका...
काठमाडौं उपत्यकामा ४७८ जनामा कोरोना संक्रमण पुष्टि 

काठमाडौं, भदाै १३ : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का ४७८ संक्रमित थपिएका छन्।

काठमाडौंमा ३१२, भक्तपुरमा ५२ र ललितपुरमा ११४ संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या आठ हजार ९७४ रहेको छ।

हाल देशभर ३२ हजार ७४४ जना होम आइसोलेसनमा, तीन हजार ५२ जना संस्थागत आइसोलेसनमा, ६२५ जना आईसीयू तथा १६७ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १७:२२ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्