Kathmandu Press

कक्षा १२ को परीक्षा यथाशीघ्र सञ्चालन गर्न अखिल क्रान्तिकारीकाे माग

काठमाडौं, भदौ १३ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कक्षा १२ को परीक्षा यथाशीघ्र सञ्चालन गर्न माग गरेको...
कक्षा १२ को परीक्षा यथाशीघ्र सञ्चालन गर्न अखिल क्रान्तिकारीकाे माग

काठमाडौं, भदौ १३ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कक्षा १२ को परीक्षा यथाशीघ्र सञ्चालन गर्न माग गरेको छ। 

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकद्वारा पारित निर्णयबारे जानकारी दिन आइतबार जारी प्रेस विज्ञप्तिमा स्वास्थ्य मापदण्ड अपनाएर उक्त परीक्षा यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गरिएको छ।

विद्यार्थीलाई कोरोनाविरुद्धको खोप व्यवस्था गर्न पनि पनि सरकारसँग आग्रह गरिएको छ। शैक्षिक संस्थाहरुले महामारी अवधिको शुल्कमा न्यूूनतम ५० प्रतिशत छुटको व्यवस्था गर्न पनि माग गरिएको छ।

‘सामुदायिक र निजी विद्यालयहरुले देशैभर विभिन्न बहानामा लिइरहेको चर्को शुल्क तत्काल खारेज गरियोस्,’ समितिका संयोजा चिरञ्जीवी ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विश्वविद्यालयमा राजनीतिक भागबन्डा खारेज गर्नुपर्ने, विद्यार्थीहरुलाई सार्वजनिक यातायातको भाडामा ४५ प्रतिशत छुट दिने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्नुपर्ने, देशभरका विश्वविद्यालयमा भएको बेरुजुका सन्दर्भमा तत्काल छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने, सामुदायिक विद्यालयहरुमा तत्काल पाठ्यपुस्तक पुर्‍याउने व्यवस्था गर्न पनि अखिल क्रान्तिकारीले माग गरेको छ।

अखिल क्रान्तिकारीले असोज ६,७ र ८ गते पोखरामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। त्यसका लागि विभिन्न उपसमिति पनि बनाइएको छ।

प्रकाशित मिति: १६:३७ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्