Kathmandu Press

एमाले र जसपाका जनप्रतिनिधिलाई दल त्याग्न भदौ २२ सम्मको समय 

काठमाडौं, भदौ १३ : एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिलाई दल त्यागका लागि भदौ २२ सम्मको समय निर्धारण गरिएको छ।निर्वाचन आयोगको...
एमाले र जसपाका जनप्रतिनिधिलाई दल त्याग्न भदौ २२ सम्मको समय 

काठमाडौं, भदौ १३ : एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिलाई दल त्यागका लागि भदौ २२ सम्मको समय निर्धारण गरिएको छ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) अनुसार जनप्रतिनिधिलाई एमाले र जसपा छोड्न भदौ २२ साँझ ५ बजेसम्मको समयसीमा दिएको हो।

एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन भएसँगै निर्वाचन आयोगले पुरानो दल त्याग गरी नयाँमा जान सो समय निर्धारण गरेको हो।   

आयोगको यो निर्णयसँगै एमाले र जसपाका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले नयाँ पार्टीमा जान पाउने भएका छन्। नयाँ पार्टी रोज्दा उनीहरूले एमाले र जसपाले कारबाही गर्न नपाउने निर्वाचन आयोगले बताएको छ।

प्रकाशित मिति: १६:०७ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्