एकीकृत समाजवादीबाट मन्त्री छान्न अध्यक्ष नेपालमा अधिकार प्रत्यायोजन
काठमाडौं, भदौ १३ : नेकपा (एकीकृत समाजवादी) चाँडै नै सरकारमा सहभागी हुँदै छ। सरकारमा कसकसलाई पठाउने भनी निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाललाई...
काठमाडौं, भदौ १३ : नेकपा (एकीकृत समाजवादी) चाँडै नै सरकारमा सहभागी हुँदै छ। सरकारमा कसकसलाई पठाउने भनी निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ।
आज (आइतबार) बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुनेको नाम छान्ने अधिकार दलका नेतासमेत रहेका नेपाललाई प्रत्यायोजन गरिएको एक सांसदले जानकारी दिए।
सधैं सबैजना बैठक बसिरहन नसकिने भएकाले कसकसलाई बनाउने भन्ने विषयमा अध्यक्षलाई अधिकार दिइएको उनको भनाइ छ।
दलको बैठकले कोभिड नियन्त्रण, बाढीपहिरो प्रभावितलाई राहत तथा उद्धारका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको पनि जनाइएको छ।
प्रकाशित मिति: १५:५१ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
