Kathmandu Press

सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च बिन्दुमा

काठमाडौं, भदौ १३ : केही दिनयताको अविरल वर्षका कारण सप्तकोसी नदीमा आज (आइतबार) पानीको बहाव यस वर्षकै उच्च बिन्दुमा पुगेको छ।पछिल्लो मापनले सप्तकोसीमा...
सप्तकोसीमा पानीको बहाव यस वर्षकै उच्च बिन्दुमा

काठमाडौं, भदौ १३ : केही दिनयताको अविरल वर्षका कारण सप्तकोसी नदीमा आज (आइतबार) पानीको बहाव यस वर्षकै उच्च बिन्दुमा पुगेको छ।

पछिल्लो मापनले सप्तकोसीमा पानीको बहाव २ लाख ५७ हजार ७ सय ९० क्युुसेक पुगेको देखाएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ। यसअघि साउन ३२ गते सो नदीमा पानीको बहाब २ लाख ५६ हजार २० क्युुसेक मापन गरिएको थियो। 

पूर्वी भेगतिर वर्षा नरोकिएकाले कोसीको बहाव अझै बढ्न सक्ने आकलन गरिएको छ। बहाव बढेपछि ब्यारेजका ३५ वटा ढोका खोलिएका छन्।

प्रकाशित मिति: १५:१२ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्