Kathmandu Press

कर्णालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ११ जना घाइते

कालीकोट, भदौ १३ : कर्णाली करिडोरमा आज (आइतबार) बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको भने त्यसमा सवार ११ जना घाइते भएका...
कर्णालीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु, ११ जना घाइते

कालीकोट, भदौ १३ : कर्णाली करिडोरमा आज (आइतबार) बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको भने त्यसमा सवार ११ जना घाइते भएका छन्।

घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। मृत्यु हुने चालक कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–२ का २२ वर्षीय विक्रम गिरी रहेको प्रहरीले जनाएको छ।

प्रतिकूल मौसम र पहिरोका कारण घाइतेलाई अस्पताल ल्याउन कठिनाइ भइरहेको बताइएको छ। प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताइएको छ।  

खुलालु–लैफू सडकखण्डअन्तर्गत सान्नीत्रिवेणी–२ मा आमतडाको उकालोमा क१ज २३ नम्बरको जिप चढ्न नसकेर कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:५० बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्