Kathmandu Press

कुबेतमा बिचल्लीमा परेकी अनुलाई नेपाल फर्काइयो 

काठमाडाैं, साउन ४ : दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट महाकाली गाउँपालिका (साबिक) वडा नम्बर-८ की अनु तामाङलाई नेपाल फर्काइएको छ....

कुबेतमा बिचल्लीमा परेकी अनुलाई नेपाल फर्काइयो 
फाइल

काठमाडाैं, साउन ४ : दलालको प्रलोभनमा परी कुवेतमा बिचल्लीमा परेकी नुवाकोट महाकाली गाउँपालिका (साबिक) वडा नम्बर-८ की अनु तामाङलाई नेपाल फर्काइएको छ। 

राम्रो काम लगाइदिने आशमा ६ महिनाअघि दलालको फन्दामा परी भारत हुँदै कुबेत पुगेकी तामाङ आफूले केही दिनअघि शारीरिक तथा मानसिक यातना भोगिरहनु परेको गुनासो सामाजिक सञ्जालमार्फत गरेपछि सरकारले नेपाल फिर्ता प्रक्रिया अगाडि बढाएको थियो।

तामाङलाई शुक्रबार बिहान ११ः०० बजे एयरअरबिया एयरलायन्सबाट नेपाल फर्काइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सह–सचिव रुद्रादेवी शर्माले जानकारी दिइन्। 

पीडित तामाङले घरमा काम गर्ने साहुले नै बन्धक बनाएर कुटपिट गर्दै यातना दिने गरेको बताएपछि परराष्ट्र मन्त्रालय, महिला मन्त्रालय, वैदेशिक रोजगार विभागलगायत सम्बन्धित निकायले पहल शुरु गरेका थिए। अहिले अनुलाई छोरी सलिनाको जिम्मा लगाइएको छ। 

पछिल्लो समयमा यसरी गैरकानूनी रुपमा विभिन्न प्रलोभनमा विदेश जाने र बिचल्लीमा परेपछि सरकारलाई हारगुहार गर्ने प्रचलन बढ्दै गएको छ। महिला मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै भारत, म्यान्मा, कुबेत र साउदी अरब लगायतका देशमा मानव बेचबिखन तथा ओसारपसारमा परेका ३११ जना व्यक्तिलाई उद्धार गरी नेपाल फिर्ता गरिएको छ। रासस

प्रकाशित मिति: ११:५४ बजे, शनिबार, साउन ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्