एकीकृत समाजवादीको संसदीय दलको विधान मस्यौदा बनाउन चार सदस्यीय समिति
काठमाडौं, भदौ १३ : नवगठित एकीकृत समाजवादीको संसदीय दलको विधान मस्यौदा तयार गर्न चार सदस्यीय समिति बनेको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा आज (आइतबार)...
काठमाडौं, भदौ १३ : नवगठित एकीकृत समाजवादीको संसदीय दलको विधान मस्यौदा तयार गर्न चार सदस्यीय समिति बनाइएकाे छ।
संघीय संसद भवन नयाँ बानेश्वरमा आज (आइतबार) बसेको सो दलका सांसदहरूको बैठकले दलको विधान मस्यौदा बनाउन सांसदहरू शेरबहादुर कुँवर, लक्ष्मी चौधरी, ठगेन्द्र पुरी र निरादेवी जैरू सदस्य रहेको समिति बनाएको हो।
बैठकले प्रतिनिधिसभा संसदीय दलको नेतामा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई र राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाललाई चयन गरेको छ।
उक्त दलमा प्रतिनिधिसभातर्फ २३ र राष्ट्रिय सभातर्फ सातजना सांसद छन्।
गत बिहीबार दलको प्रमाणपत्र पाएको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाएलगत्तै संसदीय दल गठनलाई तीव्रता दिएको हो।
प्रकाशित मिति: १४:३१ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
