एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलमा वेदुराम भुसाल चयन
काठमाडौं, भदौ १३ : नवगठित एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलमा वेदुराम भुसाल चयन भएका छन्।संघीय संसद भवन नयाँ बानेश्वरमा आज (आइतबार) बसेको सो...
काठमाडौं, भदौ १३ : नवगठित एकीकृत समाजवादीको राष्ट्रियसभा संसदीय दलमा वेदुराम भुसाल चयन भएका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा आज (आइतबार) बसेको सो दलका सांसदहरूको बैठकले भुसाल सर्वसम्मत रूपमा राष्ट्रियसभा संसदीय दलको नेता चयन भएको एक सांसदले बताए।
एकीकृत समाजवादीमा राष्ट्रिय सभातर्फ सातजना सांसद छन्। गत बिहीबार दलको प्रमाणपत्र पाएको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाएलगत्तै संसदीय दल गठनलाई तीव्रता दिएको हो।
यो दल छिट्टै सरकारमा पनि सहभागी हुँदैछ।
प्रकाशित मिति: १४:२३ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
