Kathmandu Press

एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

यो दलमा प्रतिनिधिसभातर्फ २३ र राष्ट्रिय सभातर्फ सातजना सांसद छन्।
एकीकृत समाजवादी संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत

काठमाडौं, भदौ १३ : नवगठित नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा आज (आइतबार) बसेका सो दलका सांसदहरूको बैठकले नेपाललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको एक सांसदले बताए।

यो दलमा प्रतिनिधिसभातर्फ २३ र राष्ट्रिय सभातर्फ सातजना सांसद छन्।

गत बिहीबार दलको प्रमाणपत्र पाएको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाएलगत्तै संसदीय दल गठनलाई तीव्रता दिएको हो। यो दल छिट्टै सरकारमा पनि सहभागी हुँदैछ। 

प्रकाशित मिति: १४:१३ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्