Kathmandu Press

प्रदेश २ मा दुई मन्त्रालयको जिम्मेवारी हेरफर

जनकपुरधाम, भदौ १३ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेका छन्। मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ।सरकारको नेतृत्व गरिरहेको जनता...
प्रदेश २ मा दुई मन्त्रालयको जिम्मेवारी हेरफर
विजय यादव र शैलेन्द्र शाह क्रमशः।

जनकपुरधाम, भदौ १३ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेका छन्। 

सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको सिफरिसमा आइतबार मुख्यमन्त्री राउतले मन्त्रालयको जिम्मेवारी हेरफेर गरेको हुन्।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका शैलेन्द्र साहलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

अर्थ मन्त्रालयको जिम्मेवारीमा रहेका विजय यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

मन्त्री हेरफेरसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाइसकिएको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

प्रकाशित मिति: १३:४९ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्