नेकपा (एस) का सांसदहरुको बैठक जारी, संसदीय दल गठन गरिँदै
काठमाडौं, भदौ १३ : नवगठित नेकपा (एकीकृत समाजवादी) का सांसदहरुको बैठक जारी छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकले संसदीय दल गठन गर्ने...
काठमाडौं, भदौ १३ : नवगठित नेकपा (एकीकृत समाजवादी) का सांसदहरुको बैठक जारी छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बसिरहेको बैठकले संसदीय दल गठन गर्ने जनाइएको छ।
त्यसका लागि विधान बनाएर पारित गर्ने तयारी भइरहेको बताइएको छ। सुरुमा दलको नेता चयन गरिसकेपछि उपनेता, प्रमुख सचेतक र सचेतक चयन गरिने एक सांसदले बताए।
राष्ट्रिय सभातर्फ पनि दलको नेता चयन गर्ने तयारी रहेको उनको भनाइ छ। यो दलमा प्रतिनिधिसभामा २३ र राष्ट्रिय सभा ७ जना सांसद छन्।
गत बिहीबार दलको प्रमाणपत्र पाएको नेकपा एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यता पाएलगत्तै संसदीय दल गठनलाई तीव्रता दिएको हो। यो दल छिट्टै सरकारमा पनि सहभागी हुँदैछ।
प्रकाशित मिति: १३:२२ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
