Kathmandu Press

नेपाललाई रावलको जवाफ : धकेलिन जान्नेले फर्किन पनि सक्नुपर्छ

काठमाडौं, भदौ १३ : एमाले उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संकेत गर्दै धकेल्दा धकेलिने नेताले फर्काउँदा फर्किन पनि...
नेपाललाई रावलको जवाफ : धकेलिन जान्नेले फर्किन पनि सक्नुपर्छ

काठमाडौं, भदौ १३ : एमाले उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संकेत गर्दै धकेल्दा धकेलिने नेताले फर्काउँदा फर्किन पनि सक्नुपर्ने बताएका छन्।

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले दोस्रो पुस्ताका नेताहरुले आफूलाई अगाडि धकेलेर उनीहरू पछाडि हटेको बताएपछि रावलले आज (आइतबार) सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन्।

‘कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो,’ उनले ट्विटरमा लेखेका छन्, ‘द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।

उनले नेता नेपालले जिम्मेवारीबोध गर्न नसकेको संकेत पनि उक्त ट्विटमा गरिएको छ। ‘जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो,’ उनले लेखेका छन्।

प्रकाशित मिति: १३:०१ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्