लोकसेवाको विज्ञापनविरुद्ध प्रदर्शन, जलाइयो प्रधानमन्त्री र मन्त्रीको पुत्ता (फोटोफिचर)
काठमाडौं, साउन ३ : प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइएको छ।
लोक....
काठमाडौं, साउन ३ : प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइएको छ।
लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि शुक्रबार लिएको परीक्षाको विरोधमा आरक्षण बचाउ आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको थियो। प्रदर्शनका क्रममा प्रधानमन्त्री ओली र मन्त्री लालबाबु पण्डितको पुत्ला जलाइएको हो।

भृकुटीमण्डपबाट सुरु भएको प्रदर्शन सहिद गेट, सुन्धारा, रत्नपार्क हुँदै असन चोकमा गएर कोणसभामा परिणत भएको थियो। प्रदर्शनका क्रममा प्रधानमन्त्री ओली, मन्त्री पण्डित र लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध प्रदर्शनकारीहरुले चर्का नाराबाजी गरेका थिए।

लोकसेवाले स्थानीय तहका लागि ९ हजार १६१ कर्मचारी माग गर्दै गत असार १७ गते विज्ञापन निकालेको थियो। विज्ञापन रोक्न परेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले कर्मचारी भर्ना नरोक्न आदेश दिएको थियो।
सर्वोच्चको आदेशपछि लोकसेवाले शुक्रबार परीक्षा लिएको हो। विज्ञापन समावेशी नभएको भन्दै आदिवासी जनजाति, मुस्लिम, दलित लगायतले विरोध जनाउँदै आएका छन्।












