Kathmandu Press

अरुण काबेलीको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त 

काठमाडौं, भदौ १३ : अरुण काबेली पावर लिमिटेडको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त भएका छन्।आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सचिवमा नियुक्त...
अरुण काबेलीको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त 

काठमाडौं, भदौ १३ : अरुण काबेली पावर लिमिटेडको कम्पनी सचिवमा थानेश्वर भट्टराई नियुक्त भएका छन्।

आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले भट्टराईलाई सचिवमा नियुक्त गरेको अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए।

कम्पनी सचिव रहँदै आएकी सिर्जना खड्काले राजीनामा दिएपछि रिक्त स्थानमा भट्टराईलाई ल्याइएको हो।

भदौ १ गते खड्काले दिएको राजीनामा समितिको ११ गतेको बैठकले स्वीकृत गरेको थियो।  

कम्पनीका सञ्चालकद्वय मिलन खड्का र इन्द्रमणि त्रितालले दिएको राजीना पनि समितिले स्वकिृत गरेको अध्यक्ष न्यौपानेले बताए। 

प्रकाशित मिति: १२:४१ बजे, आइतबार, भदौ १३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्