Kathmandu Press

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं, भदौ १२ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का...
प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

काठमाडौं, भदौ १२ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटमा उनीहरुबीच मन्त्रिमण्डललाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

एमाले फुटेर केही दिनअघि मात्र एकीकृत समाजवादी पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन्।

कांग्रेस सभापति देउवाले माओवादी केन्द्र, वरिष्ठ नेता नेपाल, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री पदको शपथ लिएका थिए।

प्रधानमन्त्रीले लिनुभएको शपथका दिन नै काँग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुई मन्त्रीले पनि शपथ लिएका थिए। त्यसपछि प्रधानमन्त्री देउवाले कांग्रेसका उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

यसबाहेक बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले आफै सम्हाल्दै आएका छन्। 

प्रकाशित मिति: १२:२७ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्