Kathmandu Press

जिल्ला अदालतको भवन निर्माणार्थ जग्गा प्राप्ति समिति गठन

जिल्ला अदालतको भवन निर्माणार्थ जग्गा प्राप्ति समिति गठन

पोखरा, भदौ १३ : कास्की जिल्ला अदालतको भवन निर्माणका लागि उचित जग्गा खोजी गरी जग्गा प्राप्त गर्न समित गठन गरिएको छ।

उच्च अदालत वार एशोसियसन पोखरा र जिल्ला अदालत वार एशोसियसन कास्कीको सुक्रबार पोखरामा बसेको सयंक्त बैठकले उक्त समिति गठन गरेको हो।

Hardik ivf

वरिष्ठ अधिवक्ता कृष्ण थापाको संयोजकत्वमा गठन गरिएको समितिमा वरिष्ठ अधिवक्ता हरि सुवेदी, नेपाल वार एशोसियसनका उपाध्यक्ष सुरेन्द्र थापा मगर, नेपाल वार एशोसियसनका सदस्य कल्पना भण्डारी,  उच्च अदालत वार एशोसियसन पोखराका अध्यक्ष नारायण पौडेल, जिल्ला अदालत वार एशोसियसन कास्कीका अध्यक्ष मुक्ति सापकोटा, डि एल ए कास्कीका अध्यक्ष बिष्णु प्रसाद मरासिनी, पि एल ए कास्कीका अध्यक्ष सुकदेव गौतम, वेदहरि भण्डारी, कमल अर्याल रहेका छन्।

बैठकमा कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले कास्की जिल्ला अदालतको नयाँ भवन निर्माणका लागि २ करोड बजेट स्वीकृत भएको जानकारी गराए। ‘करिब ६० वर्ष अगाडि बनेको हालको भवन जिर्ण अवस्थामा रहेको र सेवाग्राहीको चाप बढ्दै गएका कारण इजलास बढाउनु पर्ने तर ठाउँको अपुग भएकाले कार्य सम्पादनमा कठिनाई भएको छ,’ उनले भने।   

वरिष्ठ अधिवक्ता, वारका पदाधिकारी लगाएत बैठकमा उपस्थित सहभागी कानुन व्यवसायीले अव बन्ने अदालतको भवन करिब ५० वर्ष पछिको आवश्यकतालाई मध्यनजर गरी संरचनाको प्रस्ताव गरिनुपर्ने कुरामा जोड दिए।

हाल अदालत रहेको पोखरा ६ बैदामको जग्गा करिब १५ रोपनी क्षेत्रफल भए पनि चारैतिरबाट बाटो र कुलोको मापदण्ड कटाउँदा संरचना बनाउने जग्गा अपुग हुने हुदां अवश्यक जग्गाको खोजी गर्नुपर्ने निश्कर्ष बैठकले निकालेको थियो ।

पोखरामा रहेका सरकारी जग्गाको खोजी गरी अवश्यक जग्गा प्राप्त गर्न समिति लागि पर्ने उच्च अदालत वार एशोसियसन पोखराका अध्यक्ष नारायण पौडेलले बताए । कास्की जिल्ला अदालतको सेवाग्राही मैत्री भवन बनाउनमा सरोकारवाला सबैको सहयोग रहने उनले बताए।

कास्की जिल्ला अदालतमा हाल ७ वटा इजलासबाट सेवा प्रभाह भइरहेको छ। 

प्रकाशित मिति: ११:३० बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्