बिरामीका कुरुवा बस्ने घर बनाउँदै ‘हाम्रो टिम नेपाल’
बाढी पहिरो पीडित परिवारलाई ओढ्ने, ओछ्याउने कपडासमेत यो समूहले उपलब्ध गराउँदै आएको छ । अहिले भने उक्त समूहको ध्यान अस्पतालको चिसो भुइँमा रात कटाउन बाध्य बिरामी कुरुवालाई न्यानो उपलब्ध गराउने अभियानमा छ ।
काठमाडौं, भदौ १३ : ‘जसको साथमा कोही हुँदैन, उसको साथमा भगवान हुुन्छ’ । यही जनश्रुति व्यवहारमा उतार्न ‘हाम्रो टिम नेपाल’ अग्रसर छ । १२ वैशाख ०७२ को भूकम्पपछि प्राकृतिक विपतमा परेका मजदूरलाई खुवाउँदै निरन्तर विपन्न वर्गका लागि काम गरिरहेको छ, यो समूहले । डेढ वर्षयता कोरोना महामारीका कारण रोजगारी गुमाएका मजदुर र निम्न वर्गका मानिसलाई यो समूहले खाना वितरण अभियान नै चलाएको थियो ।
बाढी पहिरो पीडित परिवारलाई ओढ्ने, ओछ्याउने कपडासमेत यो समूहले उपलब्ध गराउँदै आएको छ । अहिले भने उक्त समूहको ध्यान अस्पतालको चिसो भुइँमा रात कटाउन बाध्य बिरामी कुरुवालाई न्यानो उपलब्ध गराउने अभियानमा छ ।
अस्पतालको चिसो भुुइँमा बिरामी कुुरुवा सुुतेको दृश्यले जोकोहीको मनमा चिसो पस्छ । आर्थिक अवस्था उच्च हुुनेहरू होटेलमा र आफन्त हुुनेहरू आफन्तकै घरमा बास बसेर बिरामीको हेरचाह गर्छन् । विपन्न वर्ग भने उपचार गर्न मुस्किलले खर्च जुुटाएर आएका हुन्छन् र उनीहरूको हेरचाहमा आएका आफन्तजन अस्पतालको पेटीमा भेटिन्छन् । उक्त वर्गका लागि ‘बिरामी कुुरुवा घर’ निर्माण गर्ने अभियान चलाइएको ‘हाम्रो टिम नेपाल’का अध्यक्ष विमल पन्त बताउँछन् ।
‘उपचार गर्न आएका काठमाडौं उपत्यकाबाहिरका मानिस, जसको बस्ने ठाउँ हुँदैन, होटलमा गएर बस्न सक्दैनन्, उनीहरूका लागि कुरुवा घर बनाउन लागिएको हो,’ उनले भने, ‘खासगरी, सरकारी अस्पतालमा उपचार गर्न आएका बिरामी कुुरुवालाई बस्न प्राथमिकता दिन्छौँ ।’
उनका अनुसार पशुुपति गुह्येश्वरीनजिकै साढे तीन रोपनीमा बिरामी कुुरुवा घर निर्माण गर्न लागिएको हो । उक्त स्थान कम शुुल्कमा भाडामा लिएर बनाउन थालिएको उनी बताउँछन् । ‘वार्षिक तीन लाख रुपैयाँ भाडा दिनेगरी जग्गा लिएका छौँ,’ उनले भने, ‘उक्त स्थान १५ वर्षको लागि भाडामा लिइएको हो ।
उक्त घर निर्माणका लागि ‘राइजिङ हन्डे«डस् गुु्रप’का बब्लुु गुुप्ता र हाम्रो टिम नेपालको सहकार्यमा बनाउन लागिएको हो । १५ दिनदेखि निर्माण अगाडि बढेको छ । जग्गा अलि खाल्डो परेको स्थानमा भएकाले समथर बनाउन माटो हाल्ने काम भइरहेको छ, अहिले ।
पन्तका अनुसार हालसम्म १० लाख रुपैयाँ खर्च भइसकेको छ । सुरुमा दुुईवटा शौचालय, सोधपुुछ कक्ष, सुुरक्षा गार्ड बस्ने कोठा हुुँदै बिरामी कुुरुवाका लागि कोठा निर्माण गरिँदै छ । ‘अहिले दुुई तहको तीनवटा घर बनाइन्छ, एउटा घरमा आठ कोठा हुुन्छन्,’ पन्तले भने, ‘एउटा कोठामा तीन–चार वटा बेड राख्न मिल्छ ।’ पहिलो चरणमा ४०–५० जना बिरामी कुुरुवालाई सेवा दिने उद्देश्य समूहको छ ।
सहयोगी मनहरूले उपलब्ध गराएको तथा टिमबाट संकलित रकमले बिरामी कुुरुवा घर बनाइन लागेको पन्तले जानकारी दिए । ‘अन्य कार्यमा जस्तै बिरामी कुुरुवा घर बनाउने काममा पनि सहयोग पाउने आशा गरेका छौँ,’ उनले भने ।
भविष्यमा उक्त घरलाई बढाउँदै लैजाने टिम नेपालको योजना छ । आर्थिक सहयोग संकलन गर्न सकेमा बिरामी कुुरुवालाई साँझबिहान अस्पतालबाट ल्याउने र पु¥याउन सहज हुुनेगरी सवारी साधनसमेत व्यवस्थापन गर्ने समूहको योजना छ ।
‘हाम्रो टिम नेपाल’मा एक हजार एक सयजना सक्रिय सदस्य छन् । ती सदस्यले मासिक पाँच सयदेखि एक हजार रुपैयाँ संकलन गर्छन् । सोही रकम र दाताबाट प्राप्त सहयोगबाट कुरुवा घर बनाउन थालिएको हो । करिब ५० लाख रुपैयाँमा पहिलो चरणको काम सम्पन्न गर्ने समूहको योजना छ ।
यसरी जन्मियो ‘हाम्रो टिम नेपाल’
२०६५ सालदेखि उपत्यकाको सडक तथा बेवारिसे बालबालिका र वृद्धवृद्धालाई समूहले खाना र लत्ताकपडा वितरण गर्न थालेको थियो । १२ वैशाख ०७२ को भूकम्पपछि भने यो समूह अझ सक्रिय बन्यो । भूकम्पबाट क्षतिग्रस्त क्षेत्रमा राहत वितरणका लागि सिन्धुुपाल्चोक, गोरखा पुगे समूहका सदस्यहरू । अनि, काठमाडौं उपत्यकाका मजदुुरलाई उद्धारसहित खाद्य सहयोग गरे । ‘सामूहिक रूपमा सहयोग गर्न जाँदै गर्दा एउटा टिम बनाएर सहयोग गर्ने योजना बन्यो र ‘हाम्रो टिम नेपाल’ जन्मियो,’ पन्तले भने ।
कपडा बैंक स्थापना
उपत्यकामा भोकभोकै बसेका मजदुुरलाई एक छाक खानासँगै कपडा नभएकालाई कपडा पनि कसरी बाँड्ने भन्ने विषयमा छलफल भयो, समूहमा । नयाँ कपडा किन्न सक्ने बजेट थिएन । त्यसैले पुुरानो कपडा जम्मा गरेर बाँड्न थालिएको उनले जानकारी दिए । ‘सोही योजनाअनुुसार साथीहरू मिलेर पुुराना कपडा बाँड्न थालिएको हो,’ उनले भने, ‘कपडा बाँड्न थालेपछि साथीहरूले पुुरानो कपडा जम्मा गर्न कपडा बैंक खोल्यौँ ।’ अहिले देशभर एक सयभन्दा बढी कपडा बैंक खोलेर मजदुुर र विपन्न वर्गलाई सहयोग गरिएको उनले जानकारी दिए ।
लकडाउनमा झण्डै १७ महिना निःशुल्क खाना
कोरोना प्रसार रोक्न सरकारले ११ चैत ०७६ मा देशव्यापी लकडाउन घोषण ग¥यो । त्यसबेला काम गरेर खाने मजदुुर र विपन्न परिवारलाई १४ चैत ०७६ देखि खुलामञ्चमा निःशुल्क खाना खुवाउन थालिएको पन्तले बताए । ‘कोभिड–१९ का कारण देशभर लकडाउन भएपछि अलपत्र परेका मजदुुरलाई खाना खुुवाउन थालिएको हो,’ उनले भने, ‘त्यसपछि बल्ल सहयोगी मनहरूबाट सहयोग प्राप्त हुन थालेको हो ।’
खाना खुुवाउन थालिएको पहिलो दिनमा करिब एक सयजना उपस्थित थिए । पछिल्लो समय दुुई हजार पाँच सय जनासम्म खाना खान आउने गरेका थिए । सुरुमा खाना खुुवाउन थाल्दा सात लाखभन्दा बढी ऋण थियो । खाना बाँड्दै गएपछि विस्तारै सहयोग पनि बढ्दै गएको उनले बताए ।
निःशुुल्क अक्सिजन सिलिन्डर वितरण
देशभर कोरोना संक्रमित बढेपछि अक्सिजन सिलिन्डरको चरम अभाव उत्पन्न भयो । त्यसपछि ‘हाम्रो टिम नेपाल’ले १७ सय सिलिन्डर खरिद गरी निःशुुल्क वितरण गरेको थियो । अक्सिजन भर्दा सानो सिलिन्डरको दुुई सय ५० रुपैयाँ पर्छ भने ठूलोलाई भर्न ६ सय ५० रुपैयाँसम्म परेको उनको भनाइ छ । ‘अक्सिजन सिलिन्डर बिरामी निको भएपछि फिर्ता दिनुपर्ने शर्त थियो तर १५–२० जनाले फिर्ता ल्याइदिएनन्,’ उनले भने ।
पाँच हजारलाई निःशुुल्क चप्पल
यसबीचमा यो समूहले सातवटा जिल्लाका विपन्न वर्ग, मजदुुर र मुसहर बस्तीका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुुल्क जुत्ता चप्पल वितरण गरेको छ । करिब पाँच हजारजनाले जुुत्ता चप्पल पाएका छन् । सर्लाही, महोत्तरी, सिरहा, सप्तरी, उदयपुुर, सिन्धुुली र काठमाडौंमा जुुत्ता चप्पल वितरण गरेको हो ।
‘हाम्रो टिम नेपालका सदस्यहरूको लगानीमा जुत्ता बनाउने तालिम दिएका छौंँ,’ पन्तले भने, ‘अब ती जुुत्ता बिक्री गरी गरिब दुुःखीलाई सहयोग गर्छौँ ।’ टिमकै १७ जना सदस्य मिलेर जुुत्ता चप्पल र साबुुन बनाउने कारखाना खोली टिमका सदस्यहरूलाई रोजगारी दिने योजना यो समूहको छ ।
बाढी पहिरो पीडितलाई खाना र खाद्यान्न
चालुु आर्थिक वर्ष ०७८–७९ मा बाढी पहिरोका कारण समस्यामा परेका सिन्धुुपाल्चोकलगायत जिल्लामा घर बाढीले बगाएका परिवारलाई यो समूहले राहत वितरण गरेको छ । ‘जब गरिब परिवार भोकै छन् भन्ने थाहा हुुन्छ, त्यहाँ हामी पुुगेका हुुन्छौं,’ उनले बताए, ‘मेलम्चीमा बाढी पहिरोका कारण जोखिममा परेका परिवारलाई पनि १३ दिन खाना खुवाउन सक्यौँ ।’
पाल्पा रामपुर नगरपालिका–१० मा ८ साउन ०४३ मा जन्मेका पन्त घरको कान्छो छोरा हुुन् । उनका दुुई दाजुु छन् । बाल्यकाल पाल्पामा बिताएका उनलाई गाउँमा पैसा नपुुगेर औषधि उपचार गर्न नसकेको कुुराले मन चिसो हुन्छ । ‘सबैजना मिलेर सहयोग गर्न पाएको भए बाँच्थे कि भन्ने लाग्थ्यो,’ उनले भने ।
एसएलसी दिएर उनी ०५७ सालमा काठमाडौं आए । यहाँ पढेर जागिर खानुुभन्दा आफैँ केही काम गरेर रोजगारी दिने गरी पेसा व्यवसाय गर्ने र विपन्न वर्गलाई सहयोग गर्ने योजनाले व्यवसायी बने । ०६१ सालदेखि खाद्यान्न र पानीको जार घरघरमा पुुर्याउने व्यवसाय थाले । ‘०६१ सालदेखि व्यवसायसँगै समाजसेवामा लागिपरेको हुुँ,’ उनले भने ।












-(86)-1764936079.jpg)