Kathmandu Press

काबुल विमानस्थलमा फेरि आक्रमण हुनसक्छ : बाइडेन

काठमाडौं, भदौ १३ : अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा फेरि आतंकवादीले आक्रमण गर्न सक्ने बताएका छन्।अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमान्डहरुले आक्रमणको सम्भावना...
काबुल विमानस्थलमा फेरि आक्रमण हुनसक्छ : बाइडेन

काठमाडौं, भदौ १३ : अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा फेरि आतंकवादीले आक्रमण गर्न सक्ने बताएका छन्।

अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमान्डहरुले आक्रमणको सम्भावना रहेको जानकारी दिएको राष्ट्रपति बाइडेनले बताएका हुन्। यसअघि भएको आक्रमणमा १३ जना अमेरिकी सैनिकसँग एक सय ७० जनाको मृत्यु भएको थियो।

यो आत्मघाती आक्रमणको जिम्मा इस्लामिक स्टेट–के (आइएस–के) ले लिएको थियो। त्यसको जवाफमा अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा ड्रोन आक्रमण गरेको थियो।​ आक्रमणमा आइएस–केका दुई उच्च सदस्य मारिएको जनाइएको छ।

त्यसको बदला लिन फेरि काबुल विमानस्थलमा आक्रमण हुने आशंका गरिएको हो। अहिले पनि अफगानिस्तानमा रहेका नागरिकलाई विभिन्न देशले फिर्ता लिनेक्रम जारी रहेको छ।

अहिले अफगानिस्तानमा क्रियाशील समूहमध्ये आइएस–के सबैभन्दा बलियो मानिएको छ। यो समूह अतिवादी र हिंस्रक रहेको छ।

यो समूहको तालिबानसँग मतभेद रहेको छ। तालिबानले युद्ध मैदान छोडेको यो समूहको आरोप छ।

 

प्रकाशित मिति: ०८:३६ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्