एमाले मोरङको समानान्तर कमिटी एकीकृत समाजवादीमा
विराटनगर, भदौ १३ : नेकपा (एमाले) मोरङको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।यसअघि माधवकुमार नेपाल पक्षले मोरङमा समानान्तर कमिटी गठन गरेको...
विराटनगर, भदौ १३ : नेकपा (एमाले) मोरङको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ।
यसअघि माधवकुमार नेपाल पक्षले मोरङमा समानान्तर कमिटी गठन गरेको थियो। पूरै कटिमी एकीकृत समाजवादी बनेको हो।
चन्द्रवीर राईको नेतृत्वमा रहेको समानान्तर कमिटी बैठकले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो। यो तीन सय २५ सदस्यीय कमिटी रहेको छ।
यससँगै वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई पनि एकीकृत समाजवादीमा समाहित गर्ने निर्णय गरिएको छ। एकै पटक एकीकृत समाजवादीका वडा तहसम्म कटिमी बनेका छन्।
बैठकमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडा सदस्यको पनि उपस्थित रहेको थियो। बैठकले १७ वटै स्थानीय तह र सबै वडाहरुमा पार्टीको भेला आयोजना गरी कमिटीलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ।
प्रकाशित मिति: ०७:५२ बजे, आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
