Kathmandu Press

महाधिवेशनबाट आगामी चुनाव जित्ने उर्जा प्राप्त हुन्छ : शर्मा

झापा, भदौ १३ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने धारणा व्यक्त गरेका छन्।कांग्रेस...
महाधिवेशनबाट आगामी चुनाव जित्ने उर्जा प्राप्त हुन्छ : शर्मा

झापा, भदौ १३ : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले महाधिवेशनबाट आगामी निर्वाचन जित्ने गरी नयाँ ऊर्जा लिएर आउनुपर्ने धारणा व्यक्त गरेका छन्।

कांग्रेस दमक नगर समितिको कार्यालयमा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताए। उनले यस अघिको सरकारले देशको प्राथमिकता नबुझेकाले सरकारबाट बाहिरिनुपरेको बताए।

'कांग्रेसलाई जनताले पाँच वर्षको लागि प्रतिपक्षमा बस्ने म्यान्डेट दिएको मैले बारम्बार भन्दै आएको हो, तर पनि देश चलाउनुपर्नेले नचलाएपछि मुलुक सम्हाल्नको लागि कांग्रेस सरकारमा आउनुपरेको हो,' शर्माले भने।

अघिल्लो सरकारले अस्थिरताका लागि अध्यादेश ल्याएको उनको भनाइ थियो। शर्माले भने, 'वर्तमान सरकारले मुलुकको स्थिरताका लागि अध्यादेश ल्याउनु बाँध्यता हो।'

प्रकाशित मिति: ०८:५६ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्