Kathmandu Press

आज मेघगर्जन सहित भीषण वर्षाको सम्भावना

आज मेघगर्जन सहित भीषण वर्षाको सम्भावना

काठमाडौं, भदौ १३ : मनसुनी वायुको प्रभावले देशका धेरै स्थानमा मध्यम र केही स्थानमा भीषण वर्षा हुने जल तथा मौमस विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। जसले गर्दा देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यससँगै सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको र तराई डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।

आज दिउसो देशको अधिकांस भूभागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी सम्भावना रहेको छ।

त्यस्तै, आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।

प्रकाशित मिति: ०८:०० बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्