Kathmandu Press

अफगानिस्तानमा ४.५ म्याग्निच्युडको भूकम्प

काबुल, भदौ १२ :  तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगनिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ।  स्थानीय समयअनुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा...
अफगानिस्तानमा ४.५ म्याग्निच्युडको भूकम्प

काबुल, भदौ १२ :  तालिवान विद्रोहीहरुले सत्ता कब्जा गरेपछि त्रास फैलिइरहेका बेला अफगानिस्तानमा भूकम्पले अर्को त्रास थपिदिएको छ।  

स्थानीय समयअनुसार शनिबार अफगानिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा भूकम्प गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुका अनुसार ४.५ म्याग्निच्युडको भूकम्पका कारण आमनागरिकमा त्रास फैलिएको छ। यो समाचार लेख्दासम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त नभएको पनि अधिकारीहरुले जनाएका छन्।  

भूकम्पले पारेको क्षतिका बारेमा थप विवरण आउन बाँकी रहेको र भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। 

प्रकाशित मिति: २०:२६ बजे, शनिबार, भदौ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्