Kathmandu Press

कांग्रेसको क्रियाशील विवाद टुंगियो, जिल्ला सभापतिहरुले तोडे अनसन 

गत बुधबारदेखि महाधिवेशन केन्द्रीत विभिन्न मागहरु अनसन शुरु गरेको जिल्ला सभापतिहरुले केन्द्रीय नेताहरुबीच सहमति भएपछि अनसन तोडेका हुन् ।
कांग्रेसको क्रियाशील विवाद टुंगियो, जिल्ला सभापतिहरुले तोडे अनसन 

काठमाडौं, भदौं १२ : नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु गरेको रिले अनसन तोडेका छन् ।

गत बुधबारदेखि महाधिवेशन केन्द्रीत विभिन्न मागहरु अनसन शुरु गरेको जिल्ला सभापतिहरुले केन्द्रीय नेताहरुबीच सहमति भएपछि अनसन तोडेका हुन् । कार्यदलका सदस्यहरुले विधिसम्मत आएका क्रियाशील सदस्यहरुको नाम छुटेको भए पुनः नामावलीमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि अनसन तोडेको बताईएको छ ।

क्रियाशील सदस्यताको विवाद टुंग्याएपछि नेताहरु कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखक अनसनस्थल केन्द्रीय कार्यालय पुगेर शनिबार साँझ अनसनस्थल पुगेर अनसन तोडाएका हुन्। क्रियाशील सदस्यताको सूची सार्वजनिक, जिल्ला सभापतिको उम्मेदवारबारे बनाइएको दोहोरो मापदण्ड खारेजीलगायत माग अगाडि सारेर कांग्रेस बरिष्ठ नेता पौडेल पक्षका जिल्ला सभापतिहरू रिले अनशनमा रहेका थिए ।

यसअघि आज दिउँसो मात्र कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माग सम्बोधन गर्ने आश्वासन दिएपछि उनीहरूले अनसन तोड्न तयार भएका थिए । 
 

प्रकाशित मिति: १९:३० बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्