Kathmandu Press

कांग्रेसले खटायो थप ५ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यको नामावली पनि सार्बजनिक 

काठमाडौं, भदौं १२ : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको लागि थप ५ जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृत खटाएको छ ।आज साँझ केन्द्रीय निर्वाचन समितिले...
कांग्रेसले खटायो थप ५ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यको नामावली पनि सार्बजनिक 

काठमाडौं, भदौं १२ : नेपाली कांग्रेसले १४ औं महाधिवेशनको लागि थप ५ जिल्लाहरुमा जिल्ला निर्वाचन अधिकृत खटाएको छ ।

आज साँझ केन्द्रीय निर्वाचन समितिले एक विज्ञप्ति जारी गर्दै नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीमा पनि जिल्ला निर्वाचन अधिकृतहरुलाई समेत खटाइसकिएको समितिका संयोजक महादेव प्रसाद यादवले जनाएका छन् ।

यस्तै ती जिल्लाहरुका क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरिएको पनि जनाईएको छ ।

यसअघि कांग्रेसले ३८ जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाएको थियो । 

प्रकाशित मिति: १८:५६ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्