Kathmandu Press

दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : अध्यक्ष नेपाल

काठमाडौं, भदौ १२ : नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भएको बताएका छन् ।आफ्नो पार्टी...
दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार छु : अध्यक्ष नेपाल

काठमाडौं, भदौ १२ : नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न तयार भएको बताएका छन् ।

आफ्नो पार्टी निकट पेसागत महासङ्घ, नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले पदका लागि कहिल्यै पनि लडाई नगरेको भन्दै आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गरेका छन् ।

उनले भने,  ‘दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छुु, आउनुहोस्, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट अहिल्यै र केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु । यो विचार, सिद्धान्त र मूल्य-मान्यताको लडाइँ हो ।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्क समेत गरे । उनले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोश समेत व्यक्त गरे । अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत समेत गराए ।

अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भइ काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको उल्लेख गरे । 

प्रकाशित मिति: १८:४४ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्