Kathmandu Press

आइजीपी खनालको चेतावनी–गल्ती गर्ने प्रहरीमाथि ठाउँको ठाउँ कारबाही हुन्छ

काठमाडौं, साउन ३  : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

नेपाल....

आइजीपी खनालको चेतावनी–गल्ती गर्ने प्रहरीमाथि ठाउँको ठाउँ कारबाही हुन्छ

काठमाडौं, साउन ३  : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गल्ती गर्ने ट्राफिक प्रहरीमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महानिरीक्षक खनालले ट्राफिक प्रहरीले गलत काम गरे तत्काल आफूलाई खबर गर्न पनि यातायात व्यवसायीलाई आग्रह गरे।

उनले यातायात क्षेत्रमा गलत रवैया नदेखाउन पनि ट्राफिक प्रहरीहरुलाई चेतावनी दिए। जनताका  लागि निःशुल्क सेवा दिन बसेको प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन दिन नमिल्ने प्रहरी महानिरीक्षक खनालको भनाइ छ।

आइजीपी खनालले सडक दुर्घटना हुन नदिन सवारी चालकहरुलाई पनि आग्रह गरे। उनले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रतिवद्धता पनि जनाए।
 

प्रकाशित मिति: १७:५३ बजे, शुक्रबार, साउन ३, २०७६