प्रचण्डले गरे वाइसिएलको राष्ट्रिय भेला उद्घाटन
काठमाडौं, भदौ १२ : माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को राष्ट्रिय भेला काठमाडौंमा आज (शनिबार) सुरु भएको छ। माओवादी केन्द्र...
काठमाडौं, भदौ १२ : माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) को राष्ट्रिय भेला काठमाडौंमा आज (शनिबार) सुरु भएको छ। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेलाको उद्घाटन गरिसकेका छन्।
भर्चुअल रूपमा सुुरू गरिएको भेला भोलि (आइतबार) सम्म चल्नेछ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरेर भेला भर्चुअल माध्यमबाट सम्पन्न गर्ने पनि वाइसिएलले बिहीबार नै जानकारी दिएको थियो।
भेला सम्पन्न गर्ने प्रयोजनार्थ सातै प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरू भैला भएका छन्। उनीहरू प्रदेश १ को विराटनगर, २ को महोत्तरी बर्दिबास, बागमती र विशेष प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरामा भेला भएको जनाइएको छ।
त्यसैगरी लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढी गरी सात स्थानमा प्रतिनिधि एवं पर्यवेक्षक भेला भएका छन्।
भेलाका लागि हाइटेक प्रविधिको प्रयोग गरिएको छ। कार्यक्रममा बोल्ने अन्य दलका नेताहरुले पनि वाईसीएलले अपनाएको प्रविधिको प्रशंसा गरेका छन्।
उद्घाटन सत्रकै अवसरमा वाईसीएलले संगठनको वेबसाइट सार्वजनिक गरेको छ। अबदेखि वेबसाइटबाटै सदस्यता वितरण, नवीकरणलगायत हुने बताइएको छ।
६ सय ४७ प्रतिनिधि एवं पर्यवेक्षक सहभागी भेलाले राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको निर्वाचनलगायत विषयमा भेलाले निर्णय गर्नेछ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
