२९ बुँदे सम्झौतापछि टेलिकमका कर्मचारीकाे आन्दोलन स्थगित (सम्झौतापत्रसहित)
काठमाडौं, भदौ १२ : नेपाल टेलिकमका कर्मचारीले सञ्चालक समितिद्वरा पारित कर्मचारी विनियमावलीप्रति असन्तुष्टि जनाउँदै केही समयदेखि गर्दै आएको आन्दोलन स्थगित गरेका छन्।कम्पनीसँग आज...
काठमाडौं, भदौ १२ : नेपाल टेलिकमका कर्मचारीले सञ्चालक समितिद्वरा पारित कर्मचारी विनियमावलीप्रति असन्तुष्टि जनाउँदै केही समयदेखि गर्दै आएको आन्दोलन स्थगित गरेका छन्।
कम्पनीसँग आज (शनिबार) २९ बुँदे सम्झौता भएपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन्।
कर्मचारी विनियमावलीमा रहेका न्यायपूर्ण र अवैज्ञानिक व्यवस्थाहरु सच्याउनुपर्नेलगायत माग राखेर नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियनले संयुक्त रुपमा आन्दोलन गर्दै आएका थिए।
उनीहरुले भद्रकालीस्थित टेलिकमको केन्द्रीय कार्यालयमै धर्ना बसेका थिए। व्यवस्थापनले वार्तामार्फत समस्या समाधान गर्ने बताए पनि बेवास्ता गरेपछि कर्मचारीहरुले धर्नाको कार्यक्रम ल्याएका थिए।
कर्मचारीका मागबमोजिम नै तह ११ मा पाँच वर्ष र तह १० मा ८ वर्ष पúेपछि स्वतः अवकाश हुने व्यवसथा कम्पनीको कर्मचारी नियमावली २०७८ मा कायम गर्नेगरी विनियमावली संशोधनका लागि लोक सेवा आयोगमा लेखिपठाउने विषयमा सहमति जुुटेको छ।
हेर्नुहोस् सम्झौतापत्र






-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
