सुनसरीको झुम्कास्थित म्याजिक फिल्म हलमा आगलागी
काठमाडौं, भदौ १२ : सुनसरीको झुम्कास्थित साइराम मार्केटको भवनमा रहेको म्याजिक फिल्म हलमा आगलागी भएको छ।आगलागीबाट सिनेमा हलमा पूर्ण क्षति पुगेको जनाइएको छ।...
काठमाडौं, भदौ १२ : सुनसरीको झुम्कास्थित साइराम मार्केटको भवनमा रहेको म्याजिक फिल्म हलमा आगलागी भएको छ।
आगलागीबाट सिनेमा हलमा पूर्ण क्षति पुगेको जनाइएको छ। बिजुली सर्ट भएर बिहान ८ बजे आगलागी भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिइएको छ।
आगो नियन्त्रणमा लिन ६ वटा दमकल प्रयोग गरिएको प्रहरीको भनाइ छ। म्याजिक झुम्काको एक मात्र सिनेमा हल हो।
प्रकाशित मिति: १४:२३ बजे, शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
