Kathmandu Press

नेपालप्रति ओलीको कटाक्ष : एकदुई पात खस्दैमा रूखले पिर मान्दैन

ललितपुर, भदौ १२ : एमाले अध्यक्ष केपी ओलीले आफूले सम्झाइबुझाइ गर्दा दुनियाँ सम्झिए गरेकाे भए पनि माधव नेपालले नसम्झिएको बताएका छन्।सम्झाइबुझाइ गर्दागर्दै आफू पनि थाकेको...
नेपालप्रति ओलीको कटाक्ष : एकदुई पात खस्दैमा रूखले पिर मान्दैन

ललितपुर, भदौ १२ : एमाले अध्यक्ष केपी ओलीले आफूले सम्झाइबुझाइ गर्दा दुनियाँ सम्झिए गरेकाे भए पनि माधव नेपालले नसम्झिएको बताएका छन्।

सम्झाइबुझाइ गर्दागर्दै आफू पनि थाकेको र नेता नेपाल पनि प्रतिक्रियावादीहरूलाई साथ दिन गएको उनको भनाइ थियो।

आज (शनिबार) ललितपुरको लुभुमा आयोजित एमालेनिकट युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललगायत नेता महासागरजस्तो पार्टी छाडेर प्रतिक्रियावादीसँग मिलेको र एमालेलाई ध्वस्त पार्न सक्रिय भइरहेको आराेप उनले लगाए। 

सम्बोधनका क्रममा एमाले विभाजन गरेर नयाँ पार्टी खोलेका नेता नेपालको उनले चर्को आलोचना गरे। उनले नेता नेपालप्रति कटाक्ष गर्दै एकदुई पात खस्दैमा रूखले पिर नमान्ने उल्लेख गरे।

एकथरी नेताकार्यकर्ताले पार्टी छाडे पनि नयाँनयाँ सदस्य जोडिँदै गएको दाबी उनले गरे। ‘नयाँ नयाँ पालुवाहरु पलाउँदैछन्,’ उनले भने, ‘हाँगा उचाइतिर लाग्दैछन्।’  एमाले कहिल्यै कमजाेर नहुने विश्वास उनले व्यक्त गरे।

एमाले देशको दिशानिर्देश गर्ने पार्टी भएको जिकिर गर्दै उनले आफू नेतृत्वको सरकारलाई जालझेलबाट हटाइएको बताए। अबको चुनावमा एमालेले जित हासिल गर्ने दाबी उनले गरे।

प्रकाशित मिति: १४:०७ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्