Kathmandu Press

स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

ब्युनस आयर्स, भदौ १२ : अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रूसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ। खोपको उत्पादन...
स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दावी

ब्युनस आयर्स, भदौ १२ : अर्जेन्टिनी औषधी कम्पनी रिचमण्डले कोभिड–१९ विरुद्धको रूसद्वारा विकसित स्पुटनिक–भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ। 

खोपको उत्पादन उत्पादन मिति शुक्रबार राखिएको छ। कम्पनीले शुक्रबारको अन्ततिर आफ्नो ट्विटर पृष्ठमा लेखेको छ, ‘अर्जेन्टिनामा ५० लाखभन्दा बढी मात्रा कोभिड–१९ विरूद्धको रूसमा विकसित स्पुतनिक खोप उत्पादन गरेका छौं । हामीले पहिलो चरणमा ११ लाख ७९ हजार ६२५ र दोस्रो चरणमा ३८ लाख ९० हजार मात्रा खोप उत्पादन गरेका छौं ।’ 

अर्जेन्टिना स्पुटनिक–भी खोपको प्रयोगलाई अनुमोदन गर्ने र उत्पादनलाई स्थानीयकरण गर्ने पहिलो ल्याटिन अमेरिकी देश बनेको छ। अर्जेन्टिनाले गत अप्रिलमा मासिक ४० देखि ५० लाख खोप उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो। ल्याटिन अमेरिकी यस मुलुकले कोभिड–१९ विरूद्धको उक्त खोपको वार्षिक उत्पादनलाई ५ करोड मात्रामा वृद्धि गर्ने बताएको छ।

करिब ४ अर्ब जनसंख्या रहेको विश्वको ७० देशमा स्पुतनिक–भी खोपलाई प्रयोगका लागि स्वकृति प्रदान गरिएको छ। 
 

प्रकाशित मिति: १३:५२ बजे, शनिबार, भदौ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्