विप्लवसँग हिंसाको बाटो छोड्नुको विकल्प छैनः ज्ञवाली
काठमाडौं, साउन ३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेपालले अब द्वन्द्व धान्न नसक्ने भएका....
काठमाडौं, साउन ३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेपालले अब द्वन्द्व धान्न नसक्ने भएकाले सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच यथाशक्य चाँडो वार्ता हुनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ज्ञवालीले अहिले मुलुकमा हतियार उठाउनुपर्ने कुनै आवश्यकता नरहेको बताए। उनले भने,‘जनता हिंसा चाहँदैनन्। हामी अब समाजवादी बाटोमा अघि बढिरहेका छौं। त्यसैले लोकतान्त्रिक बाटो र शान्तिको विकल्प छैन।’
ज्ञवालीले विप्लव नेतृत्वको नेकपाले समातेको बाटो नै गलत रहेको दाबी गरे। उनले भने,‘उहाँहरुले लिएका एजेण्डा बेठीक छन्। उहाँहरुका खास केही एजेण्डा नै छैनन्। त्यसैले तपाईँहरु शान्तिपूर्ण रुपमा राजनीतिमा आउनुहोस्।’
उनले बाह्य शक्तिले नेपालमा द्वन्द्वलाई उपयोग गरेर खेल्न खोजिरहेकाले विप्लव समूह अब हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आउनु पर्ने बताए।






