Kathmandu Press

एक वर्षमा एक अर्बको स्याम्पु आयात

काठमाडौं, भदौ १२ :  दैनिक प्रयोगमा आउने वस्तुुमध्यको एक हो, ‘स्याम्पु’ । हाम्रो दैनिक जीवनमा प्रयोग हुने यी स्याम्पु वार्षिक कति भित्रिन्छन् होला ? गत असार मसान्तमा...
एक वर्षमा एक अर्बको स्याम्पु आयात

काठमाडौं, भदौ १२ :  दैनिक प्रयोगमा आउने वस्तुुमध्यको एक हो, ‘स्याम्पु’ । हाम्रो दैनिक जीवनमा प्रयोग हुने यी स्याम्पु वार्षिक कति भित्रिन्छन् होला ? 

गत असार मसान्तमा भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७–७८ को तथ्यांक अनुसार, आव २०७७–७८ मा, तीन करोड २४ लाख ३ हजार एक सय ४९ लिटर स्याम्पु भित्रिएको छ । जसको आयातको लागि एक अर्ब २८ करोड ३४ लाख २१ हजार रुपैँया बराबरको स्याम्पु नेपालले खर्च गरेको छ । 

उक्त आयात विवरण आव ०७६–७७ को तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ । आव ०७६–७७ मा, ८५ करोड ७७ लाख ११ हजार रुपैँया स्याम्पु नेपाल भित्रिए। तुलानात्मक रुपमा हेर्दा आव २०७६–७७ मा भन्दा गत आवमा ४२ करोड ५७ लाख ७१ हजार रुपैँया बढी देश बाहिर गएको छ। 

भारतबाट सबैभन्दा बढी आयात, थाइल्याण्ड, चीन सोही लहरमा

भारत, थाइल्यान्ड, हंकङ, जर्मनी, ग्रिस, साइप्रस, चीन, क्यानेडा, इन्डोनेसिया, जापान, इटाली, मलेसिया आदि गरी करिब ३९ देशबाट स्याम्पु नेपाल आयात हुने गरेका छन् । जसमा सबैभन्दा बढी भारतबाट नै हुने गरेको छ ।

गत आवमा भारतले मात्र एकल ९८ करोड ७१ लाख ४० हजार रुपैँया बराबरको स्याम्पु नेपालमा आयात गरेको छ । गत आवमा स्याम्पुको आयात बढ्नुमा पनि भारतले नेपालमा गरेको स्याम्पु निर्यात प्रमुख कारक तत्व हो ।

आव २०७६–७७ मा, ५५ करोड ५८ लाख दुुई हजार रुपैंयाको मात्र कारोबार भएकोमा गत आवमा उक्त रकम आयात बढेर ४२ करोड ५९ लाख ३८ हजार रुपैंया रह्यो । जसको कारण गत आवमा स्याम्पु आयात बढ्न गयो। 

त्यस्तै, भारत पश्चात थाइल्यान्ड दोस्रो ठूूलो निर्यातकर्तामा रहेको छ । थाइल्यान्डबाट करिब १७ करोड चार लाख ७१ हजार रुपैँयाको स्याम्पु नेपाल पठाएको छ । परिमाणका हिसाबमा भने उक्त रकम परिमाणमा हिसाब गर्दा पाँच लाख २१ हजार २६ लिटर हुन जान्छ । 

त्यस्तै, चीनले गत आवमा तीन लाख एक हजार ७ सय ७३ लिटर स्याम्पु नेपालमा निर्यात गरेको छ । जसको खरिदको लागि करिब ६ करोड ४५ लाख ३७ हजार बराबरको रुपैंया नेपालले खर्च गरेको छ । 

यद्यपि, आव ०७६–७७, यी दुुईको स्याम्पु निर्यात टे«ण्ड ठ्याक्कै विपरीत थियो । चीनले ५१ करोड ७० लाख ८० हजार रुपैंयाको स्याम्पु नेपाल भित्र्याउँदा थाइल्यान्डको भने १८ करोड ६ लाख ९६ हजार रुपैंया मात्रको कारोबार थियो। 
तथापि, भारतसँगको तुलनामा यी दुुई देश भारतभन्दा निकै पछि रहेका छन् । अनुमानित ८० करोडभन्दा बढी कारोबार भारतले गरिरहेको छ । 

प्रकाशित मिति: ११:११ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्