मन्त्री महासेठले भने– साझालाई तीन अर्ब रुपैयाँ जनताको सेवा गर्न दिइएको हो
काठमाडौं साउन ३ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साझा यातायातलाई तीन अर्ब रुपैयाँ नाफाका लागि नभएर जनताको सेवाका लाग....

काठमाडौं साउन ३ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारले साझा यातायातलाई तीन अर्ब रुपैयाँ नाफाका लागि नभएर जनताको सेवाका लागि दिएको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले तीन सय विद्युतीय बस खरिद गरेर जनताको सेवा गर्न साझालाई तीन अर्ब रुपैयाँ दिइएको बताएका हुन्।
सरकारले साझालाई तीन सय विद्युतीय बस सञ्चालनका लागि भन्दै तीन अर्ब रुपैयाँ दिएको छ। तर, करोडौं घाटामा गएको साझालाई सरकारले लगानी गरेको भन्दै आलोचना भइरहेका बेला मन्त्री महासेठले भने सेवाको भावमा अपाङ्ग, विद्यार्थी, वृद्धवृद्धाकाको सेवामा साझा खटिरहेकाले नाफा घाटाको कुरा गर्न नहुने बताए।
साझा यातायातको आफ्नै रुटमा बस चलाउने भएकाले अन्य व्यवसायीहरु आत्तिनु नपर्ने बताए। ‘साझा यातायातले अन्य व्यवसायीसँग प्रतिस्पर्धा गर्दैन। कोही पनि आत्तिनु पर्दैन,’ उनले भने।

-1784896419.png)









