Kathmandu Press

बाढीले बगाउँदा ललितपुरमा एकको मृत्यु, बालिका बेपत्ता

काठमाडौं, भदौ १२ : बाढीले बगाउँदा ललितपुरमा एक जना महिलाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन्।ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ र...
बाढीले बगाउँदा ललितपुरमा एकको मृत्यु, बालिका बेपत्ता

काठमाडौं, भदौ १२ : बाढीले बगाउँदा ललितपुरमा एक जना महिलाको मृत्यु भएको छ भने एक बालिका बेपत्ता भएकी छिन्।

ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ र वडा नं. ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा आएको बाढीले बगाउँदा एक जनाको ज्यान गएको हो। बाढीले बगाउँदा स्थानीय ४० वर्षीया सञ्जु सिङतानको मृत्यु भएको प्रहरीले जनाएको छ।

बागमती गाउँपालिका ७ का वडाध्यक्ष नवराज सञ्जेलका अनुसार खोला तर्ने क्रममा बाढीले बगाउँदा उनको मृत्यु भएको हो।

अन्दाजी आठ वर्षीया बालिका बेपत्ता भएको उनले जानकारी दिए। बालिकाको परिचय खुलेको छैन।

महानगरीय प्रहरी वृत चापागाउँका प्रहरी निरीक्षक राजेन्द्र क्षेत्रीले घटनाको सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ लागेको बताए। बालिकाको खोजी भइरहेको उनले बताए।

प्रकाशित मिति: ०७:२३ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्